एजेन्सी–चीनको वुहान शहरबाट विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस अर्थात कोभिड-१९ बाट भारतमा मृत्यु हुनेको संख्या ३ पुगेको छ।
भारतको मुम्बई शहरमा कोरोना भाइरसबाट एक जनाको मृत्यु भएको हो। ६४ वर्षिय मृतक दुबईबाट फर्किएपछि मुम्बईको कस्तूरबा अस्पतालमा भर्ना गरिएको थियो।
यसअघि दिल्ली र कर्नाटकमा दुई जना कोरोना बिरामीको पनि मृत्यु भइसकेको छ। भारतमा अहिलेसम्म कोरोना संक्रमित संख्या १३२ पुगेको छ।