एजेन्सी– चर्चित भिडियो स्ट्रिमीङ्ग प्लेटफर्म यूट्यूबले नयाँ फिचर सार्वजनिक गरेको छ। ‘एक्सप्लोर’ नाम दिएको यस फिचरलाई यूट्यूबले गएको २ वर्षदेखि परीक्षण गर्दै आईरहेको बताइएको छ।
यूट्यूबको यो नयाँ फिचर एन्ड्रोएड र आईओएस दुबै प्लेटफर्मका यूजरहरुको लागी उपलब्ध रहेको जनाएको छ। अब यूट्यूब यूजरहरुले यूट्यूबमा एक्सप्लोर नामको नयाँ ट्याब पाउने छन्। जसको सहयोगमा यूजरहरुले धेरै कन्टेन्टहरु प्राप्त गर्न सक्ने छन्।
यो फिचर थपिएसँगै युजरहरुले कन्टेन्टहरु अझ उत्कृष्ट तरिकाले सर्च गर्न सक्ने छन्। साथै यसमा यूजरलाई म्युजिक, गेमिङ्ग, न्यूज, मुभी एन्ड शो, फेशन एन्ड ब्युटी र लर्नको बिकल्प मिल्नेछ।
आउँदो केहि दिनमा यो फिचर सबै मोबाइल र ट्याबलेटहरुका लागी सार्वजनिक हुने गूगलले जनाएको छ।