एजेन्सी– सुडानी मूलका अमेरिकी फेसन मोडल न्याकिम गटवेकलाई गोरो हुन मन पर्दैन। गाढा कालो रंगको कारण उनलाई मानिसहरुले ‘क्वीन अफ डार्कनेस’ (अन्धकारकी रानी) भन्ने गर्छन्। उनलाई आफू काली छु भन्न कुनै लाज लाग्दैन। उनलाई राम्री बन्न कुनै पनि ब्लीच आवश्यक छैन।मोडलिङ दुनियाँमा यो कालो रंगले उनको सुन्दरता व्यक्त गर्न अझै ठूलो भूमिका खेलेको छ। राम्री बन्न गोरो रंग हुनैपर्छ भन्ने छैन। क्वीन अफ डार्कनेस नाम उनले कहिले पाइन् थाहा नै छैन। फ्यानहरुले उनको तस्बिर हाल्दै क्वीनअफ डार्कनेस भन्ने गर्थे। इन्स्टाग्राममा उनलाई क्वीन किम भन्ने गरिन्छ।
न्याकिम गटवेकको जन्म इथोपियामा भएको हो। इथोपियाबाट उनका परिवार केन्यामा शरणार्थी क्याम्पमा शरण लिएर बसेका थिए। १४ वर्षको उमेरमा उनी आफ्नो परिवारसँग अमेरिका आएकी थिइन्। उनले विभिन्न देशमा आफ्नो शिक्षाको यात्रा तय गरेकी छन्। बाल्यकालदेखि अमेरिकाको मोडलिङ यात्रासम्म पुग्दा कयौं मानिसले उनको कालो रंगको टिप्पणी गरेका छन्। कतिले बुलिंग गरे दिक्क बनाए। मोडलिङको सुरुवात गर्दा धरै समस्या भोग्नुपरेको उनी बताएकी छन्।
उनी भन्छिन्, ‘म सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय छु जति म मोडलिङमा हुन्छु । जुन रंगदेखि मानिसहरु डराउँछन् र आत्तिन्छन्, उही रंग मेरो जीन्दगी बनेको छ।’ अप्रिलको महिना थियो। उनी बेरोजगार थिएँ। मैले केही साथीहरुसँग रमाइलो गरेको तस्बिर इन्स्टाग्राममा पोष्ट गरेकी थिए, उनी भन्छिन्, म यसैसँग रमाइरहेकी थिए। यसैबीच मलाई जब इन्टरभ्यूका लागि बोलाइयो। मैले ट्याक्सी बोलाए। मेरो रंग देखेर ट्याक्सी ड्राइभर पनि तर्सिए। ट्याक्सी ड्राइभरले भने, तिमी धेरै काली छौ, तिमिलाई कसैले पनि मन पराउँदैनन। म आफैले १० हजार दिन्छु तिमी ब्लीच गर। यस्तो कालो अनुहारलाई कसैले पनि काम दिँदैन। म हाँसे मात्र।
उनको जवाफ थियो, ‘म काली हुनुमा गर्व गर्छु, मलाई केही फरक पर्दैन्। म आफूलाई माया गर्छु। जे छु राम्रो छु। उनी भन्छिन्, म सुडानको नागरिक हुँ तर म जँहा हुर्किए त्यो ठाउँमा अलगअलग रङका मानिस छन्। ’दक्षिण सुडानको दोस्रो गृह युद्धमा ९१९८३–२००५० त्यँहाका जनताले धरै समस्या भोगेका थिए। युद्धमा २० लाखले ज्यान गुमाए, जसमा गटवेकको एक भाई र बहिनी पनि थिए। भाइ बहिनीको मृत्युपछि उनको परिवारको खुशी हराएको थियो।
अहिले विश्वका महिलाहरुको लागि उनी एक उदाहरणको रुपमा स्थापित भएकी छन्। उनी कालो रंग भएकाहरुको लागि एक आवाज बनेकी छन्। सामाजिक सञ्जालमा आफ्नो कालो रंग कै कारण उनले चर्चा बटुलेकी छन्। उनी भन्छिन्, ‘कालो गाढा छ, कालो सुन्दर छ र कालो रंग बहुमुल्य हो। अमेरिकी मानसिकताले आफ्नो आत्मालाई किन मार्ने। आफ्नो रंग र अस्तित्वलाई माया गर, कालो होस वा गोरो।’