लाहान– घरेलु मदिरा बनाउने १४ पक्राउधनुषामा घरेलु मदिराको सेवनबाट २० जनाभन्दा बढी व्यक्तिको मृत्यु भएपछि सिरहा प्रहरीले घरेलु मदिरा नियन्त्रण अभियान शुरु गरेको हो।
अभियानमा घरेलु मदिरा उत्पादन गर्ने कार्यमा संलग्न रहेको आरोपमा जिल्लाको विभिन्न स्थानबाट १४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए।
पक्राउ परेका सबैलाई आवश्यक कारवाहीका लागि आन्तरिक राजश्व कार्यालय लहान सिरहामा बुझाइएको छ। घरेलु मदिरा बनाउने भट्टी भत्काउने, तयारी मदिरा नष्ट गर्ने र मदिरा उत्पादन कार्यमा संलग्नलाई पक्राउ गर्ने कार्य भइरहेको उनले बताए।
अभियान शुरु गरेपछि दुई दिनको अवधिमा प्रहरीले तीन हजार ४०० लिटर तयारी अवैध घरेलु मदिरा, ३२ हजार ७८० लिटर कच्चा पदार्थ नष्ट गरिएको प्रहरी उपरीक्षक चतुर्वेदीले बताएका छन्।