एजेन्सी– कोरोनाको महामारीबाट इटलीमा मंगलबार मात्रै ३ सय ४५ जनाको ज्यान गएको छ। यो सँगै इटलीमा कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ हजार ५ सय ३ जना पुगेको छ।
बुधबार बिहानसम्म इटलीमा कोरोना संक्रमितको संख्या ३१ हजार ५ सय ६ पुगेको छ। जसमध्ये मंगलबार मात्रै ३ हजार ५ सय २६ जना नयाँ संक्रमित थपिएका थिए।
विश्वका १६६ देशमा फैलिएको कोरोना (कोभिन १९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा मात्रै ८ सय ३ जनाको ज्यान गएको छ। यो सँगै विश्वभर ज्यान गुमाउनेको संख्या ७ हजार ९ सय ८८ पुगेको छ।
मंगलबार मात्रै विश्वमा १५ हजार ७ सय ५५ जना नयाँ संक्रमित फेला परेका छन्। यो सँगै संक्रमितको संख्या १ लाख ९८ हजार ५ सय २१ पुगेको छ।