एजेन्सी– खुला सिमाना रहेको छिमेकी राष्ट्र भारतमा कोरोना भाइरसको त्रास फैलिइरहेको छ। बुधबार विहानसम्म १० नयाँ संक्रमित भेटिएसँगै त्यहाँ काेराेना संक्रमितकाे कुल संख्या १ सय ४८ पुगेकाे छ।
१ सय ४८ मध्ये २५ जना गैरभारतीय हुन् भने १ सय २३ जना भारतीय हुन्। यसमध्ये १४ जनालाई ठिक भइसकेको छ भने ३ जनाको मृत्यू भइसकेको छ। सबैभन्दा नयाँ संक्रमित महाराष्ट्रको पुणेबाट बाहिर आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। त्यहाँ एक महिलालाई कोभिड-१९ भेटिएको हो।