एजेन्सी– स्पेनमा काेराेना भाइरसबाट मर्नेहरूकाे संख्या ५ सय ३३ पुगेकाे छ भने संक्रमितहरुको संख्या ११ हजार ८ सय २६ पुगेकाे छ। मंगलबारमात्रै कोरोनाका कारण १ सय ९१ जनाको मृृत्यु भएको छ। एक दिनमा नै स्पेनमा १ हजार ८ सय ८४ जना संक्रमितहरु फेला परेका हुन्।
कोरोना भाइरसले युराेपमा इटाली र इरानपछि स्पेनमा तहल्का मच्चाइरहेको देखिन्छ। जर्मनीमा ९ हजार ३ सय ६७ जना कोरोना भाइरसबाट संक्रमित भएका छन्। एकदिनमा नै २ हजार ९५ जनामा यो भाइरस देखिएको यो पहिलो घटना हो। त्यस्तै भाइरसका कारण हालसम्म २६ जनाको मृत्यु भएको छ।
जर्मनीमा कोरोना भाइरस तीब्र रुपमा फैलिएको देखिन्छ। जर्मनीको रोबर्ट कोच इन्स्टिच्युटकाअनुसार सबैभन्दा बढी पश्चिमी जर्मनीको वेस्टफालियामा संक्रमण देखिएको छ। यही अवस्था रहे जर्मनीमा ठुलो संकट आउने अनुमान देखिन्छ। यससँगै जर्मनीले सिमा बन्द गर्ने निर्णय गरिसकेको छ। तर हाल सम्म सिमा बन्द नरहेको संञ्चारमाध्लेयम जनाएका छन्।
कोरोना भाइरसका कारण फ्रान्समा हालसम्म १ सय ७५ जनाको मृत्यु भएको छ भने ७ हजार ७ सय ३० जनाभन्दा बढी संक्रमित भएका छन्। फ्रान्समा एक दिनमा नै १ हजार १७ जना संंक्रमित भएको मिडिया रिपोर्टमा उल्लेख छ।
सुरुमा चीनको वुहानमा देखा परेको कोरोना भाइरस विश्वभर १ सय ६६ वटा मुलुकमा फैलिइसकेको छ। हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक लाख ९८ हजार नाघिसकेको छ भने ७ हजार ९सय ८९ जना भन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन्।