ई–कमर्श कम्पनी अमेजनले १ लाख नयाँ कर्मचारीहरु थप्ने भएको छ। विश्व भर फैलिरहेको कोरोना भाइरस (काेभिड–१९)काे कारण अनलाइन डिमाण्ड बढेको भन्दै कम्पनीले थप १ लाख कर्मचारीहरु लिने भएको हो।
कम्पनीले १ लाख नयाँ फुल टाइम र पार्ट टाइम जागिर अमेरिकाका चार फुलफिलमेन्ट सेन्टरहरु तथा डेलिभरी नेटवर्कका लागि आवश्यक रहेको बताएको छ। जसकारण यस्तो कर्मचारीहरु अधिकांश अमेरिकाको लागि हुने जनाएकाे छ। सो जानकारी अमेजन(AMZN) ले सोमबार एक ब्लग पोस्टमार्फत दिएको हो।
याेसँगै अमेजनले गोदाम र वितरक कामदारहरूको तलब बढाउनको लागि थप लगानीसमेत गर्ने भएको छ। कम्पनीले ३५० मिलियन डलर भन्दा बढी लगानी गर्ने जानएको छ। जसअनुसार अमेरिकामा प्रतिघण्टा २ डलर, बेलायतमा २ पाउण्ड, र अन्य युरोपेली देशहरुमा २ यूरो प्रति घण्टा अतिरिक्त रकम भुक्तानी गर्ने भएको छ। यस अघि कम्पनीले प्रतिघण्टा १५ डलर दिँदै आएकाे थियाे। तर अब भने १७ डलर भुक्तानी गर्ने भएको हाे।