पाँचथर – पाँचथरमा जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। तुम्बेवा गाउँपालिकाको केन्द्र मौवाबाट धरानको लागि छुटेको जीप बुधबार तुम्बेवा २ को सान्दाने भन्ने स्थानमा दुर्घटना भएको हो।
दर्घटनामा जीप चालक धनकुटा भेडेटारका ३७ वर्षीय चन्द्र मगर, तुम्बेवा २ का ५८ वर्षीय मरिचमान लावती, ४० वर्षीय गजेन्द्र लावती, तुम्बेवा ३ का ४२ वर्षीय सिरीप्रसाद लावती, ३५ वर्षीया रनमाया लावती र तुम्बेवा ४ का लुम्दामाया साँवा रहेका छन्।
दर्घटनामा घाइते सबैलाई उपचारका लागि धरानस्थित विपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठान (घोपा क्याम्प) पठाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपानेले बताए।
मौवाबाट धरानतर्फ जाँदै गरेको ना१ज ५२९७ नम्बरको जीप अनियन्त्रित भइ सडकबाट भण्डै दुई सय मिटर तल खसेको थियो।