चीनको वुहान शहरबाट सुरु भएको कोरोना (कोभिड–११) भाइरस विश्वभर फैलिसकेको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपाल कोरोनाको उच्च जोखिममा रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरिसकेको छ। त्यसकारण कोरोनाबाट बच्न सबैले व्यक्तिगत सतर्कता अपनाउनु जरुरी छ। कोरोनाको उच्च जोखिमप्रति गम्भिर हुँदै सबैलाई कोरोनाको संक्रमणबाट बच्न निम्नानुसारका सतर्कता अपनाउन आवश्यक छ।
– हाजिर गर्दा थम्बको प्रयोग नगर्ने, अनिवार्य रुपमा आरएफ कार्डको प्रयोग गर्ने
– अफिसभित्र प्रवेश गरेपछि अनिवार्यरुपमा साबुन पानी वा ह्याण्ड स्यानिटाइजरले हात धुने
– अभिवादनको लागि अफिसमा एकअर्कासँग हात मिलाउनुको सट्टा नमस्कार गर्ने
– आफूले प्रयोग गर्ने सबै सामानहरु आफैँ सफा गर्ने
– सम्भव भएसम्म मास्कको प्रयोग गर्ने
– अत्यावश्यक कामबाहेक एकअर्कासँग प्रत्यक्ष भेटघाट नगर्ने
– सम्भव भएसम्म कुराकानीको लागि इमेल, फोन तथा म्यासेन्जरजस्ता सञ्चारमाध्यमको प्रयोग गर्ने
– व्यक्तिगत भेटघाट निरुत्साहित गर्ने, भेट्नै पर्ने अवस्थामा अलिक टाढा बसेर कुराकार्नीे गर्ने
– अफिस समयमा अत्यावश्यक कामबाहेक बाहिर नजाने
– मिटिङ आवश्यक भएमा अनलाइनको प्रयोग गर्ने
– खोक्दा र हाछ्युँ गर्दा नाक र मुख छोप्ने
– अनावश्यक मुख, नाक र आँखामा हात नलगाउने
– भिजिटरलाई सकेसम्म फोन तथा अन्य सञ्चारका माध्यबाट सम्पर्क गर्न आग्रह गर्ने, अत्यावश्यक कामबाहेक अफिस भिजिट नगर्न आग्रह गर्ने
– एक अर्काको सामान प्रयोग नगर्ने
पेन ड्राइभजस्ता सामाग्रीको सट्टा इमेल प्रयोग गर्ने
– पेपर प्रिन्टिङलाई सकेसम्म कम गर्ने
– मेटालिक सर्फेसहरु नछुऔँ अथवा छोइएमा हात सफा गर्ने
– संक्रमणको लक्षण देखिएमा ‘होम क्वारेनटाइन’ मा बस्ने र तत्काल अस्पताल जाने
– कोरोना संक्रमणबाट बच्ने र अरुलाई पनि सुरक्षित रहन आग्रह गर्ने