काठमाडौं– हरेक मानिसमा खानपानको आ–आफ्नै शोख हुने गर्छ। मसलादार तरकारीखान होस् या अचार बिहान होस् या बेलुकीको खाना हामी भटमास वा भटमासजन्य खाद्य सामाग्री दिनहुँ प्रयोग गर्छौ। भटमासलाई प्रोटिनको राम्रो स्रोत मानिन्छ। यसको सेवनले शरीरमा एमिनो एसिड उत्पन्न हुन्छ। जो शरीरलाई फिट राख्न धेरै आवश्यक हुन्छ।
सोयाबिनमा (भटमास) प्रोटिनका साथै ‘भिटामिन बी’, ‘भिटामिन ई’, ओमेगा ३, ओमेगा ६, फाइबर प्रचुर मात्रामा हुन्छ तेसैले सोयाबिनलाई मासुको विकल्पमा प्रयोग गर्ने गरिन्छ । दुध, अण्डा र मासुमा भन्दा धेरै प्रोटिन र पोषक तत्व पाइने हुनाले शाकाहारीहरुको लागि सोयाबिन अति उपुक्त मानिन्छ। त्यस्ता व्यक्ति जो धेरै शारीरिक व्यायाम गर्छन् र शरीरका लागि प्रोटीन चाहन्छन्, उनीहरुका लागि भटमास धेरै फाइदाजनक हुन्छ।
तर केही व्यक्तिका लागि भने भटमास विष बराबर नै हुन्छ। एक रिसर्चका अनुसार ६ प्रकारका रोगबाट ग्रस्त व्यक्तिले भुलेर पनि भटमास खानु हुँदैन । यस्ता व्यक्तिले भटमास खानु भनेको बिष सेवन गर्नुजस्तै हो ।
कस्ता रोग लागेका मानिसहरुले भटमास खानु हुँदैन ?
१. गर्भवती वा स्तनपान गराइरहेकी महिलाले खानु हुदैन। भटमासमा पाइने एमिनो एसिडले महिलालाई रिंगटा लगाउने तथा दुध पिउने शिशुमा अपच हुने समस्या निम्त्याउन सक्छ।
२. कसैलाई छाला सम्बन्धी कुनै रोग वा छाला चिलाउने समस्या छ भने त्यस्ता व्यक्तिहरुले भटमास नखानुनै राम्रो मानिन्छ।
३. मृगौलाले शरीरमा भएको प्रोटिनलाई पनि फिल्टर गर्नु पर्ने हुँदा शरीरमा एकैपटक धेरै मात्रामा प्रोटिनको प्रवेश हुदा मृगौलामा भार पर्न गइ मृगौला समेत फेल हुने सम्भावना हुन्छ त्यसैले खानु भन्दा पहिला विचार गर्नु पर्ने हुन्छ ।
४. फीटोएस्ट्रोजन नामक केमिकलले मिर्गौला सम्बन्धी रोग भएका मानिसहरुलाई नकारात्मक असर पार्दछ। तथा मूत्राशयको क्यान्सर भएका व्यक्तिहरुलाई हानि गर्छ।
५. भटमास मधुमेह लागेका ब्यक्तिले खानु हुदैन। यसको सेवनबाट रगतमा चिनीको मात्रा बढ्न जान्छ।
६. सोयाबीनमा पाइने एमिनो एसिडले शरीरको थाइराइडसँग जोडिएको थाइरोक्सिन हर्मोनलाई प्रभावित गर्ने गर्छ । शरीरमा थाइरोक्सिन हर्मोनको मात्रामा कमी वा वृद्धि हुदा यसले थाइराइड रोगलाई बढाउने गर्छ। त्यसकारण, थाइराइडका बिरामीले सोयाबीनको सेवन गर्नु उचित मानिदैन।