एजेन्सी– कोरोना भाइरस संक्रमणको आशंकामा भारतको नयाँ दिल्लीस्थित सफदरजंग अस्पतालमा भर्ना भएका ३५ वर्षीय व्यक्तिले अस्पतालको सातौं तलाबाट हाम फालेर आत्महत्या गरेका छन्।
उनलाई बुधबार बिहान अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको थियो। अस्ट्रेलियाको सिड्नीबाट नयाँ दिल्ली आइपुगेको उनलाई कोरोना संक्रमणको आशंकामा दिल्ली विमानस्थलका अधिकारीहरुले सफदरजंग अस्पताल पुर्याएका थिए।
चिकित्सकहरुले परीक्षणका लागि उनको नमूना संकलन गरेका थिए। कोरोना भाइरसको संक्रमणका कारण भारतमा ३ जनाको मृत्यु भइसकेकाे छ।