काठमाडौं — नक्कली नोटसहित दुई जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा खाँडादेवी गाउँपालिका(१ चुरे बस्ने ५२ वर्षीय ढकल बहादुर तामाङ र सोही नगरपालिका(२ लामा गुफा बस्ने ५२ वर्षीय सार्की तामाङ रहेका छन्।
उनीहरूले नक्कली मुद्रा चल्तीमा ल्याएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय खाँडादेवी र प्रहरी चौकी लुभुघाटबाट खटिएको प्रहरीले खोजी गरेको थियो। सोही क्रममा तामाङको साथबाट १ हजार दरका २२ हजार नोट र उनीहरुले विभिन्न पिडित व्यक्तिहरुलाई दिएको १ हजार दरका ९० हजार गरी १ लाख १२ हजार नक्कली मुद्रासहित उनीहरुलाई पक्राउ गरेको हो।
साथै उनीहरुले जलाउद्दिन मियाँ अन्सारी नाम गरेका व्यक्तिसँग मिलेर गोरु किनेको रकम भुक्तानी गर्दा समेत नक्कली नोट प्रयोग गरेको अनुसन्धानबाट खुल्न आएको छ। हाल फरार अन्सारीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।