रामेछाप– विश्वभर माहामारीकाे रूपमा फैलिएकाे काेराेना (काेभिड–१९) भाइरसकाे जाेखिमलाई मध्यनजर गर्दै रामेछापका अस्पतालमा ‘आइसोलेसन वार्ड’ बनाइएकाे छ। काेराेनाविरूद्ध लड्नकाे लागि पूर्व तयारीस्वरूप रामेछापका तीन अस्पतालमा आइसोलेसन वार्डकाे स्थापना गरिएकाे हाे।
जिल्ला अस्पताल रामेछापमा दुई वटा वेड राखिएको २ वटा आइसोलेसन वार्ड बनाइएकाे छ। जिल्ला अस्पताल रामेछापकाअनुसार आवश्यकता हेरेर बेडकाे संख्या थप्न सकिने छ। आइसोलेसन कक्षमा आवश्यक सबै सामग्रीहरुको व्यवस्था गरिएकाे छ।
त्यसैगरी सदरमुकाम मन्थलीमा सञ्चालित २ वटा अस्पतालमा पनि आइसोलेसन वार्ड स्थापना गरिएको छ । मन्थलीको तामाकोशी अस्पताल र रामेछाप सामुदायिक अस्पतालमा शंकास्पद बिरामीको परिक्षण तथा उपचारका लागि आइसोलेसन वार्डहरु स्थापना गरिएको मन्थली नगरपालिकाको कार्यालयले जनाएकाे छ।