एजेन्सी– चिनियाँ टेक कम्पनी शाओमीले स्मार्टफोन र अन्य डिभाइसहरुको लागि वायर्ड र वायरलेस (Wired and wireless) दुबै तरिकाले चार्ज गर्न सकिने नयाँ पावर बैंक सार्वजनिक गरेको छ । कम्पनीले एमआई वायरलेस पावर (Mi Wireless Power Bank) नाम दिइएकाे यस नयाँ पावर बैंकलाई सबै भन्दा पहिले भारतमा सार्वजनिक गरेको हो ।
१० वाट (10W) को वायरलेस चार्जिंग सपोर्ट र १८ वाटको वायर्ड फास्ट चार्जिंग सिस्टम समावेश भएको यो नयाँ पावरबैंक क्युआई–सर्टिफाइड (Qi certified) रहेको छ। यसबाट कुनै स्मार्टफोनलाई केबलको सहयोगमा चार्ज गर्न सकिन्छ भने त्यहि समयमा अर्को डिभाइसलाई वायरलेस सिस्टमबाट पनि चार्ज गर्न सकिन्छ ।
कम्पनीको यस नयाँ पावर बैंकबाट कुनैपनि ह्यान्डसेटलाई वायरलेस सिस्टमबाट चार्ज गर्न सकिने हुँदा प्रयोगकर्ताहरुले अब आफ्नो स्मार्टफोन, वायरलेस इयरफोन तथा अन्य वायरलेस डिभाइसहरु यसै पावर बैंकबाट चार्ज गर्न सक्ने छन् ।
१०,००० एमएएच (10,000 mAh) पावरको ब्याट्री ब्याकअप भएको यो पावर बैंकबाट एकै पटकमा एकभन्दा धेरै डिभाइसहरु चार्ज गर्न सकिन्छ । यसले १८ वाटको फास्ट चार्जिंगसँगै यूएसबी– ए (USB-A) आउटपुट पोर्ट र यूएसबी– सी (USB-C) इनपुट पोर्ट दुबैलाई सर्पोट गर्दछ। यसकाे ताैल २३० ग्राम रहेकाे छ।
कम्पनी यस डिभाइसको मुल्य २ हजार ४ सय ९९ भारतिय रुपैंया तोकिएको छ, जसलाई नेपाली मूल्यमा रुपान्तरण गर्दा लगभग ४ हजार रुपैंया पर्न आउँछ ।