काठमाडौं– भृकुटीमण्डको बजार १० दिनका लागि बन्द गरिने भएको छ। भृकुटीमण्डपस्थित निम्न व्यापारी संघले शुक्रबारदेखि १० दिन सम्मको लागि बजार बन्द गर्ने निर्णय गरेको हो।
भुकुटीमण्डमा रहेका १ हजार वटा साना पसलहरु अब चैत १७ गतेसम्म बन्द हुनेछन्। विश्वव्यापी माहामारीको रुप लिएको कोरोना भाइरसको सम्भावित संक्रमणको जोखिम कम गर्न भन्दै सरकारले २५ जनाभन्दा बढी व्यक्तिलाई भेला नहुन भनेको छ।
सरकारको सोही आग्रहअनुसार शुक्रबारदेखि लागू हुने गरी भृकुटीमण्डप बजार बन्द गर्ने निर्णय गरिएको संघले जानकारी दिएको छ।