एजेन्सी– भारतमा काेराना संक्रमणबाट मर्नेकाे संख्या चार पुगेकाे छ। बिहीबार साँझ एक जनाकाे मृत्यु भएसँगै मृत्यु हुनेकाे संख्या चार पुगेकाे हाे।
मृत्यु हुनेमा पन्जावका ७० वर्षीय वृद्ध रहेका छन्। मधुमेहका बिरामी रहेका उनी इटालीबाट जर्मनी हुँदै मार्च ७ मा भारत पुगेका थिए। भारतमा काेराेना संक्रमितको संख्या भने एक सय ६७ पुगेको छ।