काठमाडौं - नागरिक समाजका अगुवा चरण प्रसाईले कोरोना भाइरसको मामलामा सरकारलाई विश्वास गर्ने अवस्था नरहेको बताएका छन्। उनले टेकु अस्पतालका प्राविधिकले बिरामी फर्काइदिएकोमा आपत्ति गर्दै सरकारको विश्वास गुमेको गुनासो पोखे।
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले भने,‘विरामी फर्काउने र राम्ररी चेकजाँच नहुने भएपनि सरकारलाई कसरी विश्वास गर्ने ?’ स्वास्थ्यमन्त्री भानुभक्त ढकालको अभिव्यक्तिका कारण पनि झन विश्वसनियता गुम्दै गएको उनको भनाई थियो।
प्रसाईंले कसैलाई पनि नागरिकको स्वास्थ्यसम्बन्धी अधिकारमा खेलवाड गर्ने छुट नभएको भन्दै सरकारको यसतर्फ ध्यानाकार्षण गराए। सरकारले जनतालाई कोरोना भाइरसबारे जानकारी दिनुपर्ने उनको जोड थियो।
धेरै मानिसमा समस्या लिएर अझैपनि कहाँ र कसरी जाने भन्नेमा अन्यौलता रहेको भन्दै सरकारले जनतालाई स्पष्ट र आश्वस्त पार्न नसकेको उनको गुनासो थियउो। उनले भने,‘सरकारले जनताको आशंका मेटाउनुपर्छ।’