एजेन्सी– कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट यसको उद्गमस्थल चीनमा भन्दा इटालीमा मृत्यु हुनेको संख्या बढी भएको छ। शुक्रबार बिहानसम्मको तथ्यांकअनुसार कोरोनाबाट विश्वभर १० हजार ३५ जनाले ज्यान गुमाउँदा इटालीमा ३४ सय पाँच जना पुगेको छ।
बिहीबार एकैदिन इटालीमा ४ सय २७ जनाले ज्यान गुमाएका छन्। चीनमा अहिलेसम्म कोरोनाबाट ३२ सय ४९ जनाको मात्रै ज्यान गएको छ।
इटाली सरकारले १२ मार्चदेखि सर्वसाधारणलाई बाहिर निस्कन प्रतिबन्ध लगाएको छ। तर, संक्रमणका कारण हुने मृत्युदर भने घटेको छैन।