काठमाडौं– कोरोना भाइरसको त्रासका कारण शुक्रबार दिँउसो बोलाइएको बैठक स्थगित भएको छ। बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको हो।
संक्रमणको जोखिमलाई हेरेर बैठक स्थगित गरिएको संघीय संसदका सहायक प्रवक्ता दशरथ धमलाले बताए। त्यस्तै प्रतिनिधि सभाको बैठक पनि एक साताका लागि सारिएको छ। अर्को बैठक १३ गते बस्नेछ।
कोरोना भाइरसको संक्रमण रोक्न सरकारले २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ भने भीडभाडमा नजान पनि आग्रह गरेको छ।