काठमाडौं — प्रधानमन्त्री निवास बालुवाटरमा केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सुरु भएको छ।
कोरोनाबाट बच्नका लागि नेता, कार्यकर्ता देखि सर्वसाधारणलाई समेत नभेट्ने भनेको अध्यक्ष प्रचण्ड ओलिलाई भने भेट्न पुगेका छन्। उनी साढे ११ बजे बालुवाटार पुगेका हुन्।
अहिले प्रधानमन्त्री र अध्यक्ष प्रचण्डबीच बालुवाटरमा छलफल भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। उनले पार्टी एकताका बाँकी काम र अन्य समसामयिक विषयमा छलफल भइरहेको जानकारी दिए।
दोस्रोपटक मिर्गौलाको प्रत्यारोपणपछि प्रधानमन्त्री ओली अहिले निवासमै स्वास्थ्यलाभ गरिरहेका छन्। यसअघि अध्यक्ष प्रचण्डले शनिबार बालुवाटार पुगेर प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुका साथै स्वास्थ्यलाभको कामना समेत गरेका थिए।