एजेन्सी– विश्वचर्चित फुटबल लिग इंग्लिस प्रिमियर लिग (इपीएल) अप्रिल अन्तिमसम्मकाे स्थगित भएकाे छ। कोरोना माहामारीको कारण इंग्लिस फुटबल एसोसिएसन (एफए) ले अप्रिल ३० सम्मका लागि इपीएल रोक्ने निर्णय गरेको हो।
यसअघि अप्रिल ४ सम्मको लागि स्थगित गरिएपनि बिहीबार बसेको प्रिमियर लिगको बैठकले व्यवसायिक लिग, च्याम्पियनसिपसहितका फुटबल गतिविधि रोक्ने निर्णय गरेको हो। विश्वव्यापी फैलिरहेको कोरोनाको जोखिलाई मध्यनजर गर्दै मार्च ९ देखि नै लिगका खेलहरु खेलाइएको छैन।
यसअघि यही अवस्थामा रहिरहे र अन्य खेलहरु खेलाउन सकिने अवस्था नभएमा लिगको उपाधि शीर्षस्थानमा रहेको लिभरपुलले जित्ने बताइएको थियो। लिभरपुलले खेल सम्भव भएको अवस्थामा २ खेल मात्रै जिते उपाधि हात पार्नेछ। लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटीलाई २५ अंकले अगाडि रहेको छ।