उदयपुर - ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चौदण्डीगढी नगरपालिका(७ बस्ने ४७ वर्षीय कुल बहादुर बिष्टलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेल्टाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
त्यस्तै ललितपुरमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुर बालकुमारी बस्ने सिन्धुली घर भएका २६ वर्षीय दिपक सार्कीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ। ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग बालकुमारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।