एजेन्सी– चर्चित फुटबल खेलाडी रोनाल्डिन्होलाई ६ महिनाकाे जेल सजाय ताेकिएकाे छ। जाली पासपोर्ट प्रकरणमा पाराग्वे अदालतले उनलाई ६ महिना जेलमा राख्न आदेश दिएकाे छ।
पाराग्वेमा पक्राउ परेका रोनाल्डिन्हो र उनका भाई रोबर्टोले नक्कली कागजात पेश गरेको पाराग्वेका अधिकारीहरूको दाबी छ। रोनाल्डिन्हो र उनका भाइ रोबर्टो ब्राजिलबाट केही समयअघि पाराग्वे पुगेका थिए।
विमानस्थलमा सामान्य जाँच गरेर होटल पुगेका रोनाल्डिन्हो र उनका भाइको कोठामा केही घण्टापछि प्रहरीले छापा मारेको थिए। जसमा पराग्वेको राष्ट्रियता उल्लेख गरिएको पासपोर्ट फेला परेको थियो।