हेटौँडा– अज्ञात समूहको गोली प्रहारबाट मकवानपुरको कैलाश गाउँपालिका–८ का लालबहादुर मोक्तान घाइते भएका छन्।
गम्भीर घाइते भएका तीस वर्षीय मोक्तानको उपचारका लागि मनाङ एयरको हेलिकोप्टरबाट काठमाडौँतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टीकाबहादुर कार्कीले बताएका छन्।
उनका अनुसार आज बिहान अज्ञात समूहले मोक्तानमाथि गोली प्रहार गरेको थियो। घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मोक्तानलाई कसले र किन गोली प्रहार गरेको भन्ने विषयमा प्रहरीले अनुसन्धान टोली गठन गरी छानबिन गरिरहेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिएका छन्। रासस