काठमाडौं– विश्वभर माहामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट आतंकित नहुन प्रधानमन्त्री केपी शर्मा ओलीले आग्रह गरेका छन्।
राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोनाबाट बच्न सावधानी अपनाउनु आवश्यक रहेको तर यसबाट भयभित नहुन आग्रह गरेका हुन्।सम्बोधनका क्रममा उनले कोरानाको संभावित जोखिमप्रति सरकार संवेदनशील रहेको बताएका छन्।
प्रधानमन्त्री ओलीले सरकारले सुरुवाती अवस्थादेखि नै कोरोनाबाट बच्नको लागि सरकारले आवश्यक तयारी गरेको जानकारी दिएका छन्। आवश्यक सामानहरूकाे अभाव हुन नदिन सरकार लागिपरेकाे बताउँदै उनले काेराेना माहामारीविरूद्ध लड्न सबै नेपालीबीच आपसी सहकार्य हुनुपर्ने जनाए।