काठमाडाैं– सरकारले चैत १० गतेदेखि लामो दुरीका सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाएको छ। राष्ट्रकाे नामा सम्बाेधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापी माहामारीकाे रूपमा फैलिएकाे काेराेना भाइरसका कारण लामो दुरीका सार्वजनिक सवारी साधन नचलाउन आग्रह गरेका हुन्।
सम्बाेधनमा उनले सरकारले माहामारीविरूद्ध लड्न आवश्यक तयारी गरेकाे जनाउँदै सबै नेपालीले यस कठिन समयमा एक अर्काबीच सहकार्य गर्नुपर्ने जनाए।