भक्तपुर– मध्यपुरथिमि नगरपालिकाले कोभिड–१९ को परीक्षण गर्ने ल्याब, एम्बुलेन्स, आइसोलेसनदेखि क्यारेन्टाइनसम्म तयारी अवस्थामा राखेको छ। नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा कोभिड–१९ को समेत परीक्षण गर्ने मेशिन भित्र्याउनुका साथै अन्य तयारी पूरा गरेर राखेको हो।
कोरोना भाइरस भए नभएको परीक्षण गर्नसक्ने ‘पोलिमराइज चेन रिएक्सन’ मेशिनसहित नगरपालिका र इन्टरपेड नेपालको समन्वयमा अस्पतालमा मलेकुलर ल्याब र हिस्टो ल्याब आइतबारदेखि सञ्चालनमा ल्याइने भएको छ।
अहिले प्रधानमन्त्री र अध्यक्ष प्रचण्डबीच बालुवाटरमा छलफल भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। उनले पार्टी एकताका बाँकी काम र अन्य समसामयिक विषयमा छलफल भइरहेको जानकारी दिए।
सम्बाेधनमा उनले सरकारले माहामारीविरूद्ध लड्न आवश्यक तयारी गरेकाे जनाउँदै सबै नेपालीले यस कठिन समयमा एक अर्काबीच सहकार्य गर्नुपर्ने जनाए।
काठमाडाैं– चीनको वुहान शहरबाट शुरु भएको कोरोना भाईरसको संक्रमण हालसम्म विश्वका १ सय ८३ देशमा फैलिएको छ। भाइरसका कारण अहिलेसम्म १० हजार ४ सय ३९ जनाले ज्यान गुमाईसकेका छन्।
कोभिड १९ नाम दिइएको यस भाईरसबाट २ लाख ५४ हजार ४ सय ९३ जना संक्रमित छन् भने ८९ हजार ७० जनाको उपचार सफल भएको छ। त्यस्तै भाईरस संक्रमित ७ हजार ४ सय ६५ जनाको अवस्था गम्भिर छ।
कोरोना भाइरसको शक्ति यसअघि फैलिएको सार्स (सभर एक्युट रेस्पिरेटोरी सेन्ड्रोम) भाइरस भन्दा कमजोर भएपनि कोरोनाबाट प्रभावित राष्ट्र र मृत्यु हुनेको संख्या सार्स भन्दा कैयौं गुणा धेरै छ। सन् २००२ देखि २००४ सम्म माहामारीको रुपमा फैलिएको सार्स भाइरसबाट २६ राष्ट्र प्रभावित भएका थिए भने करिब ८ सय जनाले ज्यान गुमाएका थिए।
माेरङ– काेराेना भाइरसकाे संभावित जाेखिमलाई मध्यनजर गर्दै विराटनगरमा ५० शैयाकाे अस्थायी अस्पताल बनाइने भएकाे छ। १ नम्बर प्रदेश सरकारले
माेरङ जिल्लाकाे विराटनगरमा विराटनगरस्थित नेशनल ट्रेडिङको भवनमा ५० शैयाकाे अस्थायी अस्पताल बनाउन लागेकाे हाे। अस्पतालमा काेराेना संक्रमणकाे आशंका लागेका बिरामीलाई राखि उपचार गरिने छ।
एजेन्सी– युरोपेली मुलुक इटालीमा कोरोनाभाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या बिहीबार तीन हजार नाघेको छ। यो संख्या चीनमा मृत्यु भएका व्यक्तिभन्दा बढी हो।
अमेरिकी राज्य क्यालिफोर्नियामा तीन करोड ९० लाख भन्दा बढी मानिसलाई घरभित्रै बस्न आदेश दिइएको छ। अमेरिकामा यति कठोर कदम चाल्ने क्यालिफोर्निया पहिलो राज्य हो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्तराज्य अमेरिकाले कोरोना संक्रमित व्यक्तिको उपचारका लागि औलोका बिरामीलाई दिइने औषधिको प्रयोग गर्न पहिलो पटक अनुमति दिइएको बताएका छन्।
एजेन्सी– चर्चित फुटबल खेलाडी रोनाल्डिन्होलाई ६ महिनाकाे जेल सजाय ताेकिएकाे छ। जाली पासपोर्ट प्रकरणमा पाराग्वे अदालतले उनलाई ६ महिना जेलमा राख्न आदेश दिएकाे छ।
पाराग्वेमा पक्राउ परेका रोनाल्डिन्हो र उनका भाई रोबर्टोले नक्कली कागजात पेश गरेको पाराग्वेका अधिकारीहरूको दाबी छ। रोनाल्डिन्हो र उनका भाइ रोबर्टो ब्राजिलबाट केही समयअघि पाराग्वे पुगेका थिए।
काठमाडौं — भक्तपुर लोकन्थली-१ स्थित पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाको घरमा गत फागुन २८ गते बम बिष्फोटन भएको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई काठमाडौंको विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा कैलाली भजनी नगरपालिका–४ घर भएका ३१ वर्षीय अमृत बहादुर कुमालक्षेत्री, कैलाली टिकापुर नगरपालिका–८ बस्ने ३१ वर्षीय लक्ष्मण सेट्टी र कालिकोट सान्नी त्रिवेणी गाउँपालिका–८ बस्ने २७ वर्षीय अभिषेक भन्ने टेक विक रहेका छन्।
उनीहरुमध्ये अमृत बहादुर नेकपा (विप्लव) समूहका मध्य कमाण्ड व्युरो सदस्य, लक्ष्मण सेट्टी साधारण सदस्य र टेक विक साधारण कार्यकर्ता रहेको खुल्न आएको छ। उनीहरुले घटनामा प्रयोग गरेको प्रदेश ३–०२–००१ प २८३६ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ।
एजेन्सी– भारतको राजधानी नयाँ दिल्लीमा सात वर्षअघि भएको सामूहिक बलात्कार काण्डका दोषी चारैजनालाई फांसी दिइएको छ। आज (शुक्रवार) बिहान साढे ५ बजे तिहाड जेलमा उनिहरुलाई फांसी दिइएको हो।
फांसी दिइनु अघि दोषी पक्षका वकिलले बिहीबार सजायविरुद्ध पटियाला हाउस कोर्ट र दिल्ली हाई कोर्टमा गरेको याचिका खारेज भएका थिए। दोषीलाई फाँसीबाट जोगाउन मध्यरातमा दिल्ली हाईकोर्ट पुगेका दोषी पक्षका वकिलहरूलाई न्यायाधीशहरू मनमोहन र सञ्जीव नरुलाको इजलासले फिर्ता पठाइ दियो।