एजेन्सी– कोरोना भाइरस (कोभिड १९) को महामारीका कारण इटालीमा एकै दिन ६२७ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा ६ सय २७ जनाको मृत्यु भएसँगै कोरोनाका कारण इटालीमा ज्यान गुमाउनेको संख्या ४ हजार ३२ पुगेको छ।
कोरोना भाइरसको उद्गम स्थल चीनमा ३ हजार २ सय ५५ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टमा चीनमा ७ जना संक्रमितको मृत्यु भएको छ।पछिल्लो २४ घण्टामा इटालीमा ५ हजार ९ सय ८६ नयाँ संक्रमित फेला परेका छन्। चीन पछि बढी प्रभावित बनेको इटालीमा संक्रमितको संख्या ४७ हजार २१ जना पुगेको छ।
इटाली पछि स्पेनमा कोरोना भाइरसका कारण मृत्युहुने दर बढ्दो छ। स्पेनमा पछिल्लो २४ घण्टामा २६२ जनाको मृत्यु भएको छ। सोही अवधीमा ३ हजार ४ सय ३३ नयाँ विरामी फेला परेका छन्। स्पेनमा संक्रमितको संख्या २१ हजार ५ सय ५० पुगेको छ।
जर्मनीमा पछिल्लो २४ घण्टामा ४ हजार ५ सय २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ। अमेरिकामा ५ हजार ७ सय ८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ। पछिल्लो २४ घण्टामा अमेरिकामा ५५जनाको मृत्यु भएको छ। इरानमा कोभिड -१९ संक्रमितको संख्या १९ हजार ६ सय ४४ पुगेको छ भने कोरोनाका कारण १ हजार ४ सय ३३ जनाले ज्यान गुमाएका छन्।