एजेन्सी– विश्वभर माहामारीको रुपमा फैलिएको कोरोना भाइरसविरुद्ध लड्न चीनका सबैभन्दा धनी व्यक्ति ज्याक माले सहयोग गर्ने घोषणा गरेका छन्।
ज्याकले नेपालसहित एसियाका मुलुकलाई मास्क, थर्मोमिटर, टेष्ट किट्सलगायत कोरोनाविरुद्ध लड्न आवश्यक सामाग्रीहरु उपलब्ध गराउने छन्।
उनले अफगानिस्तान, बंगलादेश, कम्बोडिया, लाओस, माल्दिभ्स, मंगोलिया, म्यानमार, नेपाल, पाकिस्तान र श्रीलंका अत्यावश्यक सामाग्रीहरु दिने बताएका छन्।