एजेन्सी– पोल्यान्डमा एक महिलाको बच्चालाई जन्म दिएलगत्तै कोरोना भाइरसको कारण मृत्यु भएको छ। मृत्यु भएकी २७ वर्षिया महिलाको नाम भने खुलाइएको छैन।
उनकी आमा भर्खर इटालीको भ्रमण गरेर फर्किएकी र उनैबाट छोरीमा कोरोना संक्रमण भएको मानिएको छ। पोल्यान्डका संचार माध्यमहरुको अनुसार ती महिलाबाट जन्मिएको बच्चा स्वस्थ रहेको छ।
ती महिलासहित कोरोना भाइरसको संक्रमणबाट पोल्यान्डमा मृत्यु हुनेको संख्या ६ पुगेको छ।