काठमाडौं– काठमाडौं आन्तरिक हवाई सेवामा अकस्मात् भाडा बढाएको भन्दै विरोध भएपछि वायु सेवा सञ्चालक तथा कम्पनीहरू भाडा पुनर्विचार गर्न तयार भएका छन्। हवाई यात्रु घटेसँगै भाडा घटाएका विमान कम्पनीले अहिले यात्रुको चाप बढेपछि पुरानै भाडा लिन शुरू गरेका थिए।
हवाई भाडाको विषयमा गुनासाहरू आएपछि संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले शनिवार वायु सेवा सञ्चालकहरूसँग छलफल गरेका थिए। छलफलमा सञ्चालकहरू भाडादर घटाउन सहमत भएका हुन्।
कोरोनाका कारण विदेशी पर्यटक नआएपछि वायुसेवा कम्पनीहरूले केही दिन अगाडिसम्म हवाई भाडा सस्तो बनाएका थिए। तर, हालै सरकारले कोरोना भाइरसको सम्भावित संक्रमण रोक्न लामो दूरीका सार्वजनिक यातायातमा रोक लगाउनुका साथै अत्यावश्यक सेवाप्रदायकबाहेक अन्य कार्यालय बन्द गर्ने निर्णय गरेपछि वायुसेवा कम्पनीहरूले हवाई भाडा हुन्।
यसरी भाडा बढाएपछि सामाजिक सञ्जाललगायत माध्यमबाट त्यसको विरोध भइरहेको थियो। यो समाचार आजको आर्थिक अभियान दैनिकमा मिलन विश्वकर्माले लेखेका छन्।