काठमाडौं – आइतबार विहानदेखि नेपाल प्रहरीले काठमाडौँमा सावुन पानी अभियान सुरु गरेको छ। काेराेना भाइरसकाे माहामारीकाे राेकथाम तथा नियन्त्रणाकाे लागि भन्दै काठमाडौं उपत्यकाका विभिन्न १६ स्थानमा सरसफाइका लागि पानी तथा साबुनको व्यवस्था गरिएको हो।
महानगरीय प्रहरी कार्यालयले मानिसको जमघट बढी हुने काठमाडौँका गौशाला, बानेश्वर र जमलका सार्वजनिक स्थलमा सावुन पानीको व्यवस्था गरेको छ। त्यस्तै १३ अस्पतालहरुमा पानी ट्यांकी र साबुनको व्यवस्थापन गरीएको छ।