काडमाडौं– यी खानेकुराहरू कतै गलत तरिकाले खाइरहनुभएको त छैन ? त्यसैले हामी तपाईलाई यहाँ कुन कुरा कसरी खाँदा स्वास्थ्यमा हानी हुदैन भन्ने कुराको जानकारी दिदैछौं। यो जानकारीले तपाईलाई स्वस्थ जीवनयापनको लागि सहयोग गर्नेछ।
अण्डा– एउटा अण्डाले हामीलाई ७५ क्यालोरी दिन्छ। अण्डाबाट ६ ग्राम हाई क्वालिटी प्रोटिन, ९ प्रकारका एमिनो एसिड र भिटामिन डी पाउँछौं । जुन अरु खानाबाट विरलै प्राप्त हुन्छ। तर यसलाई बटर वा प्यानकेकसँग खानुहुन्छ भने यसको सबै पौष्टिक तत्व समाप्त हुन्छ । त्यसैले अण्डालाई पोच बनाएर वा उसिनेर खाँदा उत्तम मानिन्छ।
ब्रोकाउली– ब्रोकाउलीलाई बफाउँदा यसमा हुने सम्पूर्ण पौष्टिक तत्व पाइन्छ। उमाल्दा, माइक्रोवेभमा फकाउँदा, फ्राई गर्दा यसमा पाइने भिटामिन सी, क्लोरोफिल, प्रोटिनलगायतका पौष्टिक तत्व नष्ट हुन्छन्। यसलाई जति छिटो बनाउनुहुन्छ त्यती नै पोषण प्राप्त गर्नुहुन्छ। उसिनेको ब्रोकाउलीलाई स्वादिलो बनाउनका लागि त्यसमा ओलिभ ओइल, नुन र कागतीको रस हाली खान सकिन्छ।
आलु– आलुलाई फ्रिजमा चिसो गरेर सलादको रुपमा खाँदा यो पच्न धेरे समय लाग्छ र यसमा स्टार्चको मात्रा धेरै हुन्छ।जसले तपाईलाई स्वस्थ राख्नुका साथै मोटोपनाको सम्भावनालाई घटाएर कोलोन क्यान्सर र मधुमेहबाट जोगाउँछ।
भेंडे खुर्सानी-भेंडे खुर्सानीमा उच्च मात्रामा भिटामिन सी उपलब्ध हुन्छ । यसलाई पकाउँदा यसमा भएको भिटामिन नष्ट हुन्छ र पोषण पाइँदैन।
लसुन-लसुनलाई पकाउँदा एन्टीअक्सिडेन्ट एलिसिन हराउँछ । त्यो तत्त्वले मुटुरोग र अन्य स्वास्थ्य समस्यासँग लड्न सहायता गर्छ । लसुन काँचै खाँदा एलिसिन तत्त्व रहिरहन्छ ।
पालुंगो-पालुंगोमा भिटामिन सी अत्यधिक हुन्छ । यसलाई पकाउँदा दुई तिहाइ भाग नष्ट हुन्छ । पालुंगो पकाउँदा अक्सालिक एसिड नाश हुन्छ । त्यो तत्त्वले शरीरलाई क्याल्सियम, आइरन र म्याग्नेसियम सोस्न सहायता गर्छ। यसलाई राम्ररी धोइपखाली खाँदा राम्रो गर्छ ।