ललितपुर– महालक्ष्मी नगरपालिका वडा नं १ डमाडोलको रातामकै चोकस्थित १५ कोठाको एक घर निःशुल्क उपलब्ध गराइने भएको छ।
मुलुकमा बढ्दै गएको कोभिड–१९ को त्रास र यसबाट हुन सक्ने सङ्क्रमणलाई ध्यानमा राखी ‘सेल्फ क्वारेन्टाइन’मा बस्न चाहनेलाई नगरपालिकावासी देवेन्द्र खड्काले सामाजिक सञ्जालमार्फत उक्त जानकारी गराएको हो।
खड्काले आफ्नो घरमा बस्न चाहने मानिसलाई परिचयसहित फोन गर्न नम्बर( ९८५१०४९४२३) समेत उपलब्ध गराएको छ। रासस