काठमाडौं– दिपायलस्थित पिपल्ला बजारमा रहेको व्यापारीको संस्था डोटी चेम्बर अफ कमर्सले कोभिड– १९ को जोखिमबाट बच्न निःशुल्क रुपमा मास्क वितरण गर्न थालेको छ।
पछिल्लो समय यहाँका अस्पताल तथा बजारमा मास्क पाउन बन्द भएपछि उक्त संस्थाले आफ्नै लगानीमा जिल्ला बाहिरबाट मास्क ल्याएर सर्वसाधारणलाई निःशुल्क रुपमा वितरण गर्न थालेको हो।
सबैले सहजरुपमा मास्कको प्रयोग गर्नसकुन् भनेर आफ्नै लगानीमा मास्क खरिद गरी निःशुल्क वितरण गर्न थालिएको कमर्सका अध्यक्ष खगेन्द्रबहादुर साउदले बताएका छन्। बजारमा मास्क भएर पनि कालोबजारी गर्ने तथा कृत्रिम अभाव गर्नेको खोजी गरी कानूनी कारवाहीका लागि प्रशासनमा जानकारी दिने कार्य पनि शुरु गरिएको उनले जानकारी दिएका छन्। रासस