धनगढी– कैलालीमा विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ। कैलालीको विकट क्षेत्र गोदावरी नगरपालिका–४, फुलबस्तीमा विस्फोट हुँदा अन्दाजी ३५ वर्षीय नरबहादुर विकको मृत्यु भएको हो।
विकले गाउँमा तामाको वस्तु फेला पारेपछि पगाल्ने क्रममा विस्फोट भएको कैलाली प्रहरी प्रमुख एसपी सुदीप गिरीले जनाएका छन्। उक्त वस्तुमा विस्फोटक पदार्थ थियो वा थिएन भन्ने प्रहरी अधिकृत घटनास्थलमा पुगेपछि मात्रै थाहा हुने उनले बताएका छन्। अहिले प्रहरी टोली घटनास्थलतर्फ लागेको उनले जनाए।