काठमाडौं– बुद्ध एयरले आन्तरिक हवाईको भाडा घटाएको छ। चर्को आलोचनापछि बुद्ध एयरले लामो दूरीका बस सेवा सूचारु नहुन्जेलसम्म यात्रुहरुलाई राहतस्वरुप हवाइ भाडादर घटाएको हो।
विषम परिस्थितमा नेपाली यात्रुहरुलाई थप सजिलो र राहतका लागि अधिकतम भाडादर आइतबारको मितिदेखि घटाइएको बुद्ध एयरले एक सूचना जारी गर्दै जानकारी दिएको छ।
बुद्ध एयरका अनुसार यसअघि १४ हजार १ सय २५ रहेको काठमाडौँ–धनगढीको अधिकतम हवाई भाडादर घटाएर अहिले ७ हजार ९ सय कायम गरिएको छ।
