एजेन्सी– स्पेनमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा ३७५ जनाको ज्यान गएको छ। यो सँगै स्पेनमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक हजार ७ सय ६८ पुगेको छ।
इटलीपछि महामारी देखिएको स्पेनमा हालसम्म २८ हजार ७ सय ६८ जना संक्रमित भएका छन्। जसमध्ये हिजो मात्रै ३ हजार एक सय ७ जना नयाँ संक्रमित थपिएका हुन्।
विश्वका १९२ देशमा फैलिएको कोरोना भाइरसको महामारीबाट हालसम्म ३ लाख ३८ हजार ७ सय २४ जना संक्रमित भएका छन्।
जसमध्ये ९९ हजार ३ जना जना उपचार पछि घर फर्किएका छन् भने १० हजार ५ सय ५३ जनाको गम्भीर अवस्थामा उपचार भइरहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।