काठमाडौं– दक्षिण कोरियाले आजदेखि आफ्ना नागरिकलाई स्वदेश फर्काउँने भएको छ। नेपालले सबै अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएपछि दक्षिण कोरियाले आफ्ना नागरिक लिन खालि विमान पठाउने भएको छ। उक्त विमानमार्फत आज बेलुका ७ बजे कोरियाका नागरिकलाई लाने सूचना आएको नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बताएका छन्।
नेपालस्थित दक्षिण कोरियाली दूतावासले हाल नेपालमा रहेका करिब ९ सय जना कोरियाली नागरिकलाई हरेक हप्ता एउटा विमानमार्फत स्वदेश फर्काइदै छ।
नेपालले आइतबारदेखि सबै अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएको छ। तर कोरियाका नागरिक लानका लागि सतर्कता अपनाएर दक्षिण कोरियालाई एउटा विमान उडानको अनुमति दिइएको स्रोतले जनाएको छ।