कैलाली — आफ्नै ६२ वर्षीया श्रीमती धारुदेवी धामीको हतौडा प्रहार गरी हत्या गरेको अभियोगमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका—९ बस्ने भक्तबहादुर धामी रहेका छन्।
उनलार्ई शनिबार दिउँसो ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले भक्तबहादुरलाई पक्राउ गरेको हो। हतौडाले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते भएकी धारुदेवीको लालरत्न अस्पताल लम्की हुँदै मेडिकल कलेज कोहलपुर बाँकेमा थप उपचारको क्रममा मृत्यु भएको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।