कैलाली-जिल्ला प्रशासन कार्यालय कैलालीले सोमबार दिउँसो २ बजेपछि अनिश्चितकालीन कर्फ्यू (निषेधाज्ञा) जारी गरेको छ। जिल्ला सुरक्षा समितिको बैठकले अर्को सूचना जारी नभएसम्म कैलाली जिल्लामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
निषेधाज्ञा अवधिमा भिडभाड नगर्न सबैलाई आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको भनाई छ । यसअघि कञ्चनपुरमा पनि सोमबार बिहानैदेखि लागू हुने गरी मंगलबार निषेधाज्ञा जारी गरिएको थियो ।
कैलाली र कञ्चनपुरमा भारतीय क्षेत्रबाट ठूलो संख्यामा सर्वसाधारण आउन थालेपछि त्यसलाई रोक्न कर्फ्यू लगाइएको जिल्ला प्रशासन कार्यालयहरुले जनाएका छन्। साथै भोजनालय, औषधि पसल, खाद्यान्न, फलफूल तथा तरकारी, फोहोर संकलन, विद्युत लगायत अत्यावश्यक सेवाहरु भने सुचारू नै रहनेछ।