काठमाडौं — विश्वभर कोरोनाको त्रास फैलिरहेका बेला नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आक्रामक कारवाहीहरू स्थगित गरेको छ।
पार्टीका महासचिव विप्लवले सोमवार विज्ञप्ति जारी गर्दै देश कोरोना भाइरसबाट मुक्त नहुँदासम्मका लागि आक्रामक कारवाहीहरू बन्द गरिएको जानकारि दिए।
आफूहरूमाथि हुने दमनको प्रतिरोध भने जारी रहने कुरालाई विज्ञप्तिमा उल्लेख गरिएको छ। ‘कोरोना भाइरसबाट देश मुक्त नहुँदासम्म सरकारी दमनको प्रतिरोध कारवाहीबाहेक अन्य आक्रामक कारवाहीहरू बन्द गरिएको जानकारी आमजनसमुदायमा अवगत गराउँछौं,’ विप्लवद्वारा सोमवार जारी विज्ञप्तिमा भनिएको छ।