चितवन– उच्च ज्वरो र रुघाखोकी लागेर भरतपुरस्थित कोरोना विषेश अस्पतालमा भर्ना भएका एक युवकको मृत्यु भएको छ। अस्पतालका उच्च अधिकारीको अनुसार आज (मंगलबार) विहान ७ बजे वीरगञ्जका ३० बर्षीय युवकको को उपचारका क्रममा मृत्यु भएको हो।
हाल उनको शव अस्पतालमै राखिएको छ। चितवन मेडिकल कलेजमा भर्ना भएका उनलाई केही दिन अघि कोरोना बिषेश अस्पतालमा रिफर गरेर पठाइएको थियो। कोरोना भाइरसको संक्रमण भएको आशंकामा उनको आइसोलेसनमा राखेर उपचार भइरहेको थियो। तर रिपोर्ट भने आईसकेको छैन।
सोमबार उनको स्वाबको नमुना संकलन गरि मंगलबार विहान विमानमार्फत पठाइएको अस्पताल स्रोतले जनाएको छ।