काठमाडौं– नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले कोरोना भाइरस (कोभिड–१९)को माहामारीसँग लड्न चीन नेपालको साथमा रहेको बताएकी छिन् । सोमबार राति ट्विट गर्दै उनले नेपालमा आवश्यक चिकित्सा सामग्री सहयोग छिट्टै पुर्याउने जानकारी पनि गराएकी छिन्।
नेपाली र अंग्रेजी दुवै भाषामा ट्विट गर्दै उनले लेखेकी छिन्, "हामी नेपालका लागि प्रार्थना गर्दैछौँ । हाम्रा नेपाली साथीहरूलाई सहयोग पुर्याउन चिकित्सा सामग्रीहरू सकेसम्म मिलाउँदै छौँ । हामी साथमा छौँ !"
चीनको हुवेई प्रान्तको वुहान सहरबाट सुरु भएकाे कोरोना भाइरस अहिले विश्वभर फैलिएको छ। ठूलो प्रयासपछि चीनले भने अहिले भाइरसको महामारीलाई लगभग नियन्त्रण गरेकाे छ ।