एजेन्सी– भारतमा कोरोना भाइरसका कारण भयावाह स्थिति रहेको छ। पछिल्लो रिपोर्ट अनुसार भारतमा संक्रमितहरुको संख्या ५ सय ११ पुगेको छ। त्यस्तै १० जनाको मृत्यु भएको छ। सोमबारमात्रै १सय ३ जना नयाँ कोरोना भाइरस संक्रमितहरु फेला परेका छन्।
पाकिस्तानमा ८ सय ९२ जना कोरोना भाइरसबाट संक्रमित भएका छन्। सोमबारमात्रै ९९ जनामा यो भाइरस देखिएको हो। त्यस्तै भाइरसका कारण हालसम्म ६ जनाको मृत्यु भएको छ। पाकिस्तानमा कोरोना भाइरस यही गतिमा फैलिए देशले ठुलो नोक्सानी भोग्ने बताइएको छ।
बंगलादेशमा कोरोना भाइरसका कारण हालसम्म ३ जनाको मृत्यु भएको छ। त्यस्तै संक्रमितहरुको संख्या ३३ पुगेको छ।
माल्दिभ्समा कोरोना भाइरस संक्रमितहरुको संख्या १३ पुगेको छ।
श्रीलंकामा कोरोना भाइरसका नयाँ संक्रमितहरु थपिने क्रम जारी रहेको छ । सोमबारमात्रै १५ जना नयाँ संक्रमितहरु फेला परेका थिए। योसँगै संक्रमितको संख्या ९७ पुगेको छ।
भुटानमा २ जनामा कोरोना भाइरस संक्रमित देखिएका छन्। पछिल्लो समय भुटानले पनि उच्च सतर्कता अपनाउँदै आइरहेको छ। सरकारी तवरबाट भुटानले निशुल्क स्यानीटाइजर वितरण गर्दै आइरहेको छ।
नेपालमा हालसम्म एक जना नयाँ कोरोना भाइरस संक्रमित फेला परेको छ। यसको पुष्टि सोमबार स्वास्थ्य मन्त्रालयले गरेको हो।