काठमाडौं - नेपाल सुनचाँदी व्यवसायी महासंघले सरकारले देशैभरी गरेको लक डाउनका कारण सुनचाँदी व्यवसाय एक साताका लागि बन्द गरेको छ। लकडाउनका कारण अर्थ नहुने भन्दै मंगलबारदेखि बजार मूल्य तय गर्न स्थगन गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अध्यक्ष मोहनकुमार सुनारको अध्यक्षतामा बसेको पदाधिकारीको बैठकले विषम परिस्थितिमा आर्थिक तथा अन्य सहयोग र सहकार्यका लागि प्रतिवद्धता रहेको जनाएको छ। यस्तै सोमबार छापावाल सुन ७७ हजार र ७६ हजार सय रुपैयाँमा कारोबार भएको थियो।