काठमाण्डौं– कृषि विकास बैंकले कोरोना नियन्त्रणका लागि १ करोड २५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।
कोरोनाभाइरस (कोभिड–१९ं)सँग सामाना लड्नका लागि व्यक्तिगत सुरक्षा सामग्री, स्वास्थ्य उपकरण, नमूना परीक्षण किट र क्वारेन्टाइन लगायत अत्यावश्यक सामग्री स्वास्थ्य व्यवस्थाको उचित प्रबन्ध मिलाउन सरकारद्वारा स्थापना गरिएको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा कृषि विकास बैंकले आर्थिक सहयोग स्वरुप उपलव्ध गराएको हो।
कोरोना भाइरसले आम विश्वसमुदायलाई त्रसित बनाइरहेको अवस्थामा नेपाल र नेपाली जनता पनि उच्च जोखिममा रहेको यस विपतको घडीमा यो भाइरसविरुद्ध लड्नका लागि आफूहरुले सहयोग गरेको बैंकले जानकारी गराएको छ।
यो विपतको कारणबाट ज्यान गुमाउनेहरुप्रति बैंकले चिर शान्तिको कामना गर्दै बिरामीहरुको शिघ्र स्वास्थ्यको लाभको कामनासमेत गरेको छ।