काठमाडौं – विश्वभर कोरोना भाइरसको प्रकोप फैलिएको बेला सरकारले मंगलबारदेखि देशै लक डाउन गर्ने निर्णय लिएपछि अत्यावश्यक क्षेत्रको सूचीमा रहेको बीमा कम्पनी पनि बन्द भएका छन्। सबै क्षेत्र लकडाउन गरेपछि मंगलबारदेखि बीमा कम्पनीहरुले आफ्ना सबै कार्यालयहरु बन्द गरेका हुन्।
कोरोनाको जोखिम नसकिएसम्म बीमा वापतको प्रिमियम शुल्क तिर्न नसकेको अवस्थामा ब्याज नलाग्ने भएको छ। बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिले निर्देशन जारी गर्दै ब्याज छुट गर्ने जानकारी दिएको हो।
अवस्था सामान्य भइसकेपछि १५ दिनभित्रमा शुल्क तिर्न जानेहरुसँग ब्याज नलिन समितका कार्यकारी निर्देशक राजुरमण पौडेलले कम्पनीहरुलाई परिपत्र गरेका छन्।
यद्यपि, बीमा कम्पनीहरुले भने अत्यावश्यक परेको अवस्थामा विद्युतिय माध्यमबाट बीमा शुल्क तिर्न सकिने बताएको छन्।