एजेन्सी– भारतमा आर्थिक वर्ष २०२०–२१को बजेट विधेयक छलफल नै नभई पारित भएको छ। कोरोना भाइरसको संक्रमणका कारण दलहरुको सहमतिमा यो विधेयक विना छलफल पास गरिएको हो।
अर्थमन्त्री निर्मला सीतारमणले पेश गरेको विधेयक ध्वनीमतका आधारमा पास गरिएको हो। यो विधेयक सिधै अब राज्यसभामा पठाइएको छ। यो विधेयक पास भएलगत्तै संसद अनिश्चितकालका लागि स्थगित भएको छ।
यो विधेयक पास भएसंगै केन्द्रीय बजेट २०२०का लागि वित्तमन्त्रीलाई अनुमति प्राप्त भएको छ। आर्थिक वर्ष २०२०–२१का लागि उनले अब बजेट ल्याउन पाउने भएकी छन्। विधेयकमा कर संशोधन प्रस्तावमा पनि अनुमति प्राप्त भएको छ। यो विधेयकले भारतमा १८२ दिन बस्ने व्यक्तिलाई निवासी कर लगाउने प्रस्ताव गरिएको छ।